word
stringlengths
1
47
grammar
stringclasses
66 values
etymology
stringlengths
0
42
definition
stringlengths
2
2.89k
अधिरथी
वि.
[सं.]
१. सूर्यदेव; सागर; समुद्र। | २. रथमा चढेको।
सय
वि.
[सं. शत]
१. नब्बे र दशको योगबाट बन्ने सङ्ख्या। | २. नब्बे र दशका योगसङ्ख्याको।
केयूर
ना.
[सं.]
पाखुरामा लगाइने नवरत्न जडिएको एक गहना; बाजु।
अडकल
ना.
[सं. अट्+कल]
कुनै व्यवहार; घटना आदि यस्तो भयो होला भन्ने सोचाइ; अनुमान; अन्दाज; अड्कल।
बासट्ठियौँ
वि.
[प्रा. बासट्ठी+यौँ]
गणनाका क्रममा बासट्ठी सङ्ख्यामा पर्ने।
झिटीगुन्टा
ना.
[झिटी+गुन्टा]
दैनिक प्रयोगमा आउने भाँडा, बिछ्यौना र लुगाफाटो।
चाल्ने
वि.
ठाउँ सर्ने खालको।
मुनाम्माङ
ना.
[लि.]
मानिसलाई पेट, फियो र मुटुको रोगबाट जोगाउने देवी।
मुल्क्याहट
ना.
मुल्किने स्थिति वा प्रक्रिया।
यक
ना.
[लि.]
गढी।
कक्षसज्जा
ना.
[सं.]
कोठा, बैठक आदिको सजावट।
च्यारु
ना.
चिरिएको, फलेर नुहेको हाँगो उठाउन काप नभएको काठ चिरेर दिइएको टेको; तोक्चे।
हापो
ना.
१. ठुलो मुख; हाँपो। | २. बाँसको ठुलो चिरो।
मियाना
ना.
हे. म्याना/उलिनकाठ।
अतिशर्वरी
ना.
[सं.]
मध्यरातको बेला; आधारात।
अकाय
वि.
[सं.]
१. अनङ्ग; कामदेव। | २. शरीर नभएको; निराकार।
टट्या
वि.
टाटेपाटे।
फस्काइनु
कक्रि.
फस्कने पारिनु।
शोक न सुर्ता
ना.
निश्चित मनस्थिति भएको व्यक्ति; न त गएकोमा शोक, न त भविष्यको चिन्ता।
घिरिप्प
क्रिवि.
एकै ठाउँमा जम्मा हुँदाको किसिमले।
परिभ्राट
वि.
[सं. परिभ्राज]
१. अभिभारा। | २. कष्ट; हैरानी। | ३. कामकाजको भिड। | ४. ठुलो आयोजना। | ५. मुस्किल; कठिनाइ। | ६. सँभाली नसक्नु व्यवहार। | ७. व्यापक; ठुलो।
तालुक
ना.
[अ.]
१. कसैको मातहतमा रहेको क्षेत्र वा इलाका; तैनाथ। | २. जवाफदेही रहेका कुराको वास्ता; सरोकार।
कुम्हा
ना.
[नेवा.]
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।
शिशिरऋतु
ना.
[सं.]
छ ऋतुमध्ये अन्तिम ऋतु; माघ र फागुन महिनामा पर्ने ऋतु।
हँसमुक
वि.
हँसिलो; उज्यालो अनुहार भएको।
पिठाँ
ना.
सिन्दूर केसरी; सधवाले निधारमा लगाउने रातो टीका।
अर्थित
वि.
[सं.]
माग राखिएको; मागिएको; याचित।
भोजपत्र
ना.
[सं. भूर्जपत्र]
१. पातलो र चिल्लो कागतजस्तो पत्रैपत्र बोक्रो हुने एक जातको मझौला खालको रुख; भोजपात। | २. प्राचीन कालमा लेख्नका निमित्त प्रयोग गरिने सोही रुखको बोक्रो वा पत्र।
सुतपहरे
ना.
[मग.]
मगरात मूलका नेपालीको एक थर।
दानपेटिका
ना.
[सं.]
दान दिनेहरूका लागि धार्मिक तथा सांस्कृतिक स्थलमा राखिने बाकस।
सन्देही
वि.
[सं.]
१. शङ्कालु मान्छे। | २. हे. सन्देहास्पद।
चिउरा गुड
ना.
चिउरीको गुड।
वेदाभ्यास
ना.
[सं.]
वेदको अध्ययन, पाठ तथा अभ्यास।
गोब्रेसल्लो
ना.
गोबरको थासोजस्तो फल फल्ने एक जातको सल्लो।
निष्ठाकर्म
ना.
[सं.]
१. चोखीनिती; आचार; धार्मिक कार्य। | २. निष्ठाले गरिने कर्म।
खिल्किनु
क्रि.
घोडा कराउनु; हिनहिनाउनु।
चौडल्लिनु
अक्रि.
हल न चल भई एकै डल्लो पर्नु।
छट्टु
वि.
[छट्+उ]
कुनै कुरा अत्यन्त चाँडो गर्न वा गराउन सक्ने; ज्यादै बाठो; छटेल; धूर्त; चतुरो।
बिग्याच
ना.
[सुनु.]
सुनकोसीको तीर हुँदै पूर्वी नेपालमा छरिएर बसेका किराँत जातिको एक थर।
पत्थरकोइला
ना.
प्राङ्गारयुगमा सृष्टि भएको ढुङ्गा वा पत्थरजस्तो प्राङ्गारिक इन्धन; बाल्ने काममा आउने एक प्रकारको खनिज पदार्थ।
चिसो छपनी
ना.
लिम्बूका सभामा जाँड छान्नका निम्ति धोई पखाली चिसो पारिएको छपनी।
कैयौँ
वि.
धैरै; अनगन्ती; कैयन्।
सारिनु
कक्रि.
[सार्+इ+नु]
सार्ने काम गरिनु।
काल्देन
ना.
[ता.]
प्रायः नेपालको उत्तरपूर्वी क्षेत्रमा बसोबास गर्ने तामाङ जातिको एक थर।
अवाङ्मुख
वि.
[सं.]
१. मुख तलतिर फर्केको; उँधमुन्टे; घोप्टो; उभिन्डो। | २. लाज र धकले शिर नुहाएको; मुन्टो निहुर्‍याएको।
दमनकारी
वि.
[सं.]
१. बल, साधन, शासन, शक्ति आदिले दमन गर्ने; पेलाहा; मिचाहा। | २. वशमा पार्ने।
परिपृच्छा
ना.
[सं.]
१. उत्सुकतावश गरिएको प्रश्न; सवाल; आग्रहपूर्ण सोधपुछ। | २. जानकारी लिने काम।
पुस्तौली
वि.
१. वंशावली। | २. वंशगत; पुस्त्यौनी।
सातो लिनु
सक्रि.
अत्याउनु; अत्तालिने पार्नु।
करबाकेली
ना.
[कारबाके + ली]
पुन मगरका पुर्खा धनुषधारी करबाके।
सजना
ना.
१. थारूहरूको एक लोकगीत। | २. फुस्रा पात र मुना हुने, सेतो फूल फुल्ने, लामा कोसा फल्ने एक वृक्ष; सजिवन। | ३. हे. सजनी।
चाक्षुष
वि.
[सं.]
१. न्यायशास्त्रअनुसार प्रत्यक्ष प्रमाणको एक भेद। | २. पुराणअनुसार छैटौँ मनु। | ३. आँखाले देखिने वा ग्रहण गर्ने। | ४. आँखासम्बन्धी; आँखाको। | ५. दृष्टिद्वारा उत्पन्न भएको; दृष्टिमा निर्भर रहेको। | ६. देखी जान्ने (साछी)।
पूर्वस्थापना
ना.
[सं.]
१. आफ्नो विचार, मत वा सिद्धान्तलाई पहिले प्रस्तुत गर्ने कार्य; त्यसको स्थापनाका निम्ति सुरुमा गरिएको तर्क। | २. कुनै मत, विषय, सिद्धान्त आदिलाई पहिले स्थापना गर्ने काम; त्यसलाई सुरुमा स्थायित्व वा स्थिरता दिलाउने कार्य।
वर्षारक्षी
वि.
[सं.]
वर्षाबाट जोगाउने (घुम, रेनकोट, बर्सादी आदि)।
गोरखपन्थी
वि.
१. गोरखनाथले चलाएको मतको अनुयायी साधु; कनफट्टा जोगी। | २. गोरख सम्प्रदायको अनुयायी।
गडगडान
वि.
स्वस्थ; फुर्तिलो; राम्रो।
छेकोक्ति
ना.
[सं.]
अभिधा अर्थका अतिरिक्त लक्षणा वा व्यञ्जनाको अर्थ ध्वनित हुने लोकोक्ति; ध्वन्यात्मक अर्थगर्भित लोकोक्ति; टुक्कामय उक्ति; अलङ्कारको एक भेद।
निच्चो
वि.
होचो; निचो।
गद्दार
वि.
[अ.]
१. आपसी हक, हित र विश्वासमा आघात पुर्‍याउने; धोखेबाज, बेइमान। | २. शान्ति र सुव्यवस्थामा हलचल ल्याउने वा उत्पात मच्चाउने।
जेठा
वि.
हे. जेठो।
उनान्सयौँ
वि.
हे. उनन्सयौँ।
लुघिरा
ना.
[रा.]
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
पराई
वि.
[प्रा. परय< सं. परक]
१. आफन्तबाहेकको व्यक्ति; परचक्री। | २. आफूदेखि बाहेकको; अर्को; बिरानो।
सुशिष्य
ना.
[सं.]
असल शिष्य।
बेत्छाअ्
ना.
[लि.]
धान।
स्याइनु
प्रेक्रि.
सिउने काम गराइनु; सियाइनु; सिलाइनु।
झँझरी
ना.
हे. झाँजर।
मायडी
ना.
हे. आमा।
लवणाकर
ना.
[सं.]
नुनको खानी; समुद्र; जलाशय।
चेपाङ
ना.
[भोब.]
१. नेपालको तल्लो पहाडी भेकमा आदिकालदेखि बस्तै आएका जनजातिमध्ये एक जाति; तिनको भाषा। | २. भ्यागुतोजस्तै देखिने तर पुच्छर भएको कालो रङको घस्रेर हिँड्ने प्राणी; भानेमुङ्ग्रोजस्तै जन्तु।
लाङटाङ
ना.
[भोब.]
लामटाङ।
सिङ्गमरमर
ना.
[फा. सङ्गमरमर]
ढुङ्गो प्रशोधन गरी बनाइएको चिल्लो टल्कने वस्तु; मार्बल; सङ्गमरमर।
जनसङ्ख्याशास्त्र
ना.
[सं.]
जनसङ्ख्यासम्बन्धी विशिष्ट अध्ययन; जनसाङ्ख्यिकी।
महाभागवत
ना.
[सं.]
श्रीमद्भागवत महापुराण।
चिन्हा
ना.
हे. चिना।
तर्साइनु
कक्रि.
तर्सने पारिनु; झस्काइनु।
अवारित
वि.
[सं.]
रोकथाम वा थुनछेक नभएको; वारण नभएको; अप्रतिबन्ध।
गैँची
ना.
१. समुद्र वा ठुला नदीमा पाइने माछाको एक भेद; बाम माछो। | २. हे. गैँती।
खरुवा
ना.
[सं. क्षारक]
तराईतिर बुनिने एक प्रकारको मोटो र खस्रो कपडा; रातो वा कलेजी रङको खाँडी।
चुर्क्याइँ
ना.
[चुर्के+याइँ]
१. छुस्केरो चाल वा बानी; छुस्क्याइँ; चुर्क्याहट। | २. झगडालुपन; छुल्याहा चाल।
टिपरेवाला
ना.
मारवाडी समुदायको एक थर।
कहिरन
ना.
[कह+इरन]
थाहा दिने दृष्टिले भनिएको कुरा; बयान; विवरण; हुलिया; कैरन।
आँगुला
ना.
हे. औँला।
बागड
वि.
लाटो; बोल्न नसक्ने।
ढुसढुस्ती
क्रिवि.
ढुस्स पेट फुल्ने, घुस्सा दिने किसिमले; ढुसढुस।
बाँधपैनी
ना.
कुलोद्वारा पानी पटाउने प्रणाली।
चिम्ट्याइलो
वि.
चिम्ट्याहा।
सिउड्डु
सक्रि.
[सिउड्+डु]
सिउरनु।
लोकतो
ना.
लोलोपोतो।
इष्टार्थ
ना.
[सं.]
चिताएबमोजिमको अर्थ।
चिस्याइ
ना.
[चिसि+याइ/चिस्याउ+आइ]
चिसिने, चिस्याउने काम वा प्रक्रिया।।
टेन्चिप्पा
ना.
[रा.]
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
चिपरिइ
ना.
[गन्गा.]
गोबरलाई लामो चेप्टो बनाएर सुकाएको गुइँठा।
मारिम्लुङ
ना.
[रा.]
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
डिमडिम
ना.
१. डमरु बजाइँदाको लगातारको आवाजझैँ गरी। | २. ढोल, डमरु, तबला आदि बजेको आवाज।
समाकार
वि.
[सं.]
१. समान आकार। | २. उस्तै आकारको।
अनुज
वि.
[सं.]
१. भाइ। | २. आफूभन्दा पछि जन्मेको।
अँठ्याउनी
ना.
खुकुरी; ढाल आदिको हातले पक्रिने भाग।
हुतुहुतु
ना.
हे. कबड्डी।
फिसफिसी
क्रिवि.
अझ फिस फिस गरेर; फिसफिस्ती।