word
stringlengths
1
47
grammar
stringclasses
66 values
etymology
stringlengths
0
42
definition
stringlengths
2
2.89k
तस्यारिई
वि.
त्यसरी नै।
भाइस चेयरम्यान
ना.
[अङ्.]
उपसभापति।
परभाव
ना.
[सं.]
१. अर्काको वा परको भन्ने भावना। | २. पराई ठान्ने प्रवृत्ति; शत्रुभाव।
पन्यालोपन
ना.
पानीजस्तै तरल हुने अवस्था; पानीजस्तै पातलो हुने अवस्था;
जिउतिनु
अक्रि.
जिउनु; टिक्नु; रहनु; बौरिनु।
चतुर्मासिक
वि.
[सं.]
हे. चातुर्मासिक।
वाकलतनामा
ना.
व्यक्तिको पक्षमा मुद्दा लड्नका लागि वकिललाई नियुक्त गरेको कागज।
मुक्तपरिवर्तन
ना.
[सं.]
अर्थभेदक नभईकन स्वतन्त्र रूपमा ध्वनि मात्र परिवर्तन हुने भाषावैज्ञानिक प्रक्रिया।
दिमागिलो
वि.
[दिमाग+इलो]
धेरै बुद्धि भएको; दिमागदार; बौद्धिक।
अनुमतिप्राप्त
वि.
[सं.]
अनुमति पाएको; स्वीकृति पाएको (काम, पाउने व्यक्ति इ.)।
दियालकाठ
ना.
दियालो बाल्ने काठ; उजेली काठ।
कञ्चनपुर
ना.
[सं.]
१. नेपालको सुदूरपश्चिममा पर्ने तराई भागको एक जिल्ला। | २. सप्तरी जिल्लामा रहेको एक नगरपालिका।
नाफा आयव्ययक
ना.
फाइदामा आश्रित बजेट।
प्रतिकूलकारी
वि.
[सं.]
प्रतिकूल हुने काम गर्ने; विपरीत कार्य गर्ने।
कण्टक
वि.
[सं.]
१. गुलाफ, सिमल, नीलकाँडा आदिमा हुने घोचुवा सुइरे अङ्ग; काँडो। | २. फलाम आदिबाट निर्मित काँटी; किला। | ३. यात्रा आदिमा पर्ने विघ्न; व्यवधान। | ४. लोभी; किरन्टोकी।
सहटाइ
ना.
[सहटाउ+आइ]
सहटाउने काम वा प्रक्रिया।
हद
ना.
[अ. हद्द]
१. अचाक्ली; ज्यादै; अति। | २. कामकुरा वा नियम, विधिको मर्यादा; पराकाष्ठा। | ३. कुनै वस्तुको तोकिएको विन्दुमा देखिने घटी वा बढी भाग। | ४. तोकिएको अवधि वा समय; सीमा; साँध।
शूद्रत्व
ना.
[सं.]
शूद्र हुनुको पन वा अवस्था।
खचा
ना.
[रा.]
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
स्थलगत
वि.
स्थलमा भएको; स्थलसम्बन्धी; स्थलीय।
छाली
ना.
तामाको थाली।
प्रेतश्राद्ध
ना.
[सं.]
मरेदेखि वर्ष दिनसम्म प्रेतका उद्देश्यले गरिने श्राद्ध।
कारवाई
ना.
हे. कारबाही।
हाबिजाबी
ना.
[दा.]
खुद्रा चिज; चानचुने।
भाग्यलेखा
ना.
[सं.]
भाग्यमा रहेको भनी मानिएको कुरो; प्रारब्धमा रहेको शुभाशुभ परिणाम।
रुक्खी
ना.
[गन्गा.]
चाया।
जन्मजयन्ती
ना.
[सं.]
१. कुनै संस्था वा व्यक्तिको योगदानलाई कदर गर्दै उसका जन्मदिनमा मनाइने उत्सव। | २. जन्मोत्सव।
वैधानिक
वि.
[सं.]
नियम, कानुनअनुसारको; विधानअनुसारको; कानुनी।
दुरङ्गी
वि.
दुई रङको; दोरङ्गा; दोरङ्गी।
पुष्पाक्षी
वि.
[सं.]
फूलका जस्ता आँखा भएकी; पुष्पनयनी।
चिरिङ्गी झार
ना.
एक जातको झार।
घबराउनु
अक्रि.
[घबडाउनु]
१. अत्यासमा पर्नु; आत्तिनु। | २. दुःख वा डरबाट मन विचलित हुनु; हडबडाउनु।
साउन्या फागु
ना.
साउने र फागु नामक दुई कर।
पद्दु
वि.
[पाद+उ]
१. काम नलाग्ने; बेकम्मा; रद्दी। | २. थकित; लखतरान। | ३. धेरै पाद्ने; पदुवा; पधुरो। | ४. लाछी।
हिन्दुत्व
ना.
१. हिन्दु हुनुको पन, गुण वा अवस्था। | २. हिन्दुहरूको आचारविचार तथा व्यवहार।
प्रवर्धमान
वि.
[प्र+वृध्+मान]
प्रवर्धन हुन लागेको; बढ्दै गरेको।
पग्लाउनु
अक्रि.
[पागल+आउ+नु]
बहुला बन्नु; पागल बन्नु।
भरस्ट
वि.
[सं. भ्रष्ट]
१. चारैतिर बिग्रेको; लथालिङ्ग। | २. भ्रष्ट।
रमाहत
वि.
आनन्दित; उल्लसित; खुस।
नादब्रह्म
ना.
[सं.]
१. शब्दरूप ब्रह्म। | २. ॐ ध्वनि; प्रणव।
चिउरिनु
अक्रि.
[चिउरा+इ+नु]
चिउराजस्तो चेप्टो हुनु।
नानकपन्थी
वि.
१. सिक्ख। | २. गुरु नानकले चलाएको सम्प्रदायको अनुयायी।
तङ्बे
ना.
[लि.]
१. उमेर। | २. १ साल; वर्ष।
छप्टनु
सक्रि.
रुखबिरुवाका हाँगा मिलाएर काट्नु; छिमल्नु।
किप
ना.
[अ.]
काली ज्यामिरका जातको एक किसिमको अमिलो फल।
बालुसाही
ना.
घिउमा पकाएर पागमा डुबाई तयार पारिने, मैदाको एक किसिमको मिठाई।
तन्त्र
ना.
[सं.]
१. कुनै शासन व्यवस्था वा पद्धति। | २. झारफुक गर्ने मन्त्र; झारफुक विद्या। | ३. धागो; डोरो; सूत्र। | ४. शाक्त वा शैव मतका अनुसार देवदेवीहरूको उपासना गर्ने रहस्यमूलक शास्त्र।
भित्रीधार
ना.
समुद्रमा भित्रभित्रै बहने धार।
पराउनु
प्रेक्रि.
[पर्/पार्+आउ+नु]
१. पर्न लगाउनु; पर्ने पार्नु। | २. पार्न लगाउनु; पार्ने पार्नु।
अपसारक
वि.
[सं.]
भगाएर लैजाने; पलायन गराउने।
बिडौल
वि.
बनोट नमिलेको; बेछाँटको; बेडौल।
घाँस खाने
वि.
पशुजस्तो; बुद्धि नभएको।
कटौरी चोली
ना.
सेप नलिई अर्को टुक्रा कपडा अगाडि छातीमा गाँसेर सिइएको चोलो।
मानीघर
ना.
घट्ट वा जाँतोको मानी छिराउने दुलो।
अपभ्रंश भाषा
ना.
[सं.]
आधुनिक आर्यभाषाको विकासभन्दा अघिल्लो चरणको भाषा।
पवित्र धान्य
ना.
[सं.]
जौ।
पुष्पवाटिका
ना.
[सं.]
फूलबारी; बगैँचा।
अस्मान
ना.
[फा. आस्मान]
१. आसमान; आकाश। | २. धेरै माथिको ठाउँ; टुप्पो।
आनलिङ
ना.
मिर्गौला र पेटको औषधीको रूपमा प्रयोग गरिने मसिनो गोटाजस्तो फल।
पर्ताप
ना.
[कथ्य]
हे. प्रताप।
दैवात्
क्रिवि.
[सं.]
१. अपर्झटसँग; अकस्मात्; अचानक। | २. भाग्यले गर्दा; दैवसंयोगले।
घुङरु
ना.
हे. घुँगरु।
द्वारे
ना.
१. नेवार जातिको एक थर। | २. मगरात मूलका नेपालीको एक थर।
बेडापार
ना.
कुनै काममा आशा गरेभन्दा बढी सफलतको प्राप्ति; प्रशस्त लाभ।
फासफुस
ना.
[अमू. (द्वि.) फुस]
१. त्यसरी हराउने वा सकिने गरी; फासफुस हुने किसिमले। | २. काम नलाग्ने भई कुनै वस्तु त्यसै हराउने काम; फास्सफुस्स। | ३. बन्द हावा अलि अलि गरेर फुस्कने काम।
विडालव्रत
ना.
[सं.]
बिरालाको जस्तो स्वभाव वा व्यवहार।
पारगमन
ना.
[सं.]
१. पापबाट मुक्ति; छुटकारा। | २. पारवहन। | ३. पारि जाने वा पुग्ने काम।
भित्र जानु
टु.
१. घुस्नु; पस्नु। | २. टुसो, टुँडो आदि चिज बाँकी नरही दब्नु। | ३. दरबार जानु वा पस्नु।
सिउनु
सक्रि.
नाथ्रीमा उनेका सियाधागाले गाँस्नु वा जोर्नु; तुन्नु; खुट्नु; सुर्कनु; स्युनु।
दुध खडिया
ना.
शुद्ध खडिया जाति।
भोर्सलो
ना.
तरकारी खाने कर्कलाको सुकेको पात; पाप्रो (हिउँदका लागि सुकाएर तिहुनको जोहो गरिन्छ)।
दालो
ना.
गाईवस्तुलाई खुवाइने कुँडो; गहुँ, मकै, कोदो आदिको खस्रो पिठो।
उत्केन्द्र
ना.
[सं.]
माथिल्लो भागमा रहेको केन्द्र।
सन्डो
वि.
[सं. षण्ढ]
१. इज्जत केही नभएको; बेसरम। | २. चाप्लुसी गर्न र धुत्न सिपालु; धूर्त; बाठो। | ३. मिठामसिना कुराले आफ्नो काम पट्याउन जान्ने। | ४. मोटोघाटो वा बलियोबाङ्गो भईकन मूर्ख; भुसतिघ्रे र मूढ।
अस्नान
ना.
हे. स्नान।
घोला पानी
ना.
[अस.]
धमिलो पानी।
भाइरबठे
क्रिवि.
बाहिरबाट।
चक्कड
ना.
[चक्कर]
१. उधुम; उत्पात; अचाक्ली। | २. चालबाजी; जोरजुलुम; षड्यन्त्र।
हुर्दुङ्गो
वि.
१. जथाभाबी पैसा खर्च गर्ने; फजुलमा धेरै खर्च गर्ने। | २. हडबडे; हतपते।
ब्ल्याकबोर्ड
ना.
[अङ्.]
कालोपाटी।
आत्मनः
वि.
[सं.]
१. आत्मासित सम्बन्धित। | २. आफ्नो; निजी।
ड्वाक्क
क्रिवि.
[अमू.]
कुनै ठोस वस्तु भुईँमा राख्दाको किसिमले।
घुटघुट्ती
ना.
१. घुटघुट; घुटघुटी। | २. घुटघुट पार्ने काम।
पण्यक्षेत्र
ना.
[सं.]
सामान खरिदबिक्री गरिने ठाउँ; बजार; हाट; पण्यभूमि।
देउताथान
ना.
देवताको मन्दिर।
जीवनोत्सर्ग
ना.
[सं.]
१. जीवनको बलिदान। | २. देहत्याग।
दचक
ना.
कुनै अप्रिय घटना सुन्दा लाग्ने डर; भय।
सङ्कलक
ना.
[सं.]
सङ्कलन गर्ने व्यक्ति; सङाल्ने मानिस; सङ्ग्रहकर्ता।
गर्भकेसर
ना.
[सं.]
फलका गर्भनालमाथि रहने तन्तु; परागमा रहने पुंकेसर वा स्त्रीकेसर तत्त्व।
योनिमुक्त
वि.
[सं.]
जन्ममृत्यु आदि झमेलाबाट छुटकारा पाएको; जीवनमुक्त।
महोर्मिल
वि.
[सं.]
ठुलो छाल भएको; भुमरीले युक्त।
भक भक
ना.
[अमू. (द्वि.) भक]
१. खन्दा ठुलठुला चपरा पल्टाएर। | २. बेसरी उम्लेर बाफ निस्कने गरी। | ३. बोल्दा बिच बिचमा अड्किने तथा शब्द दोहोरिने एक आदत वा रोग।
सुनको चिडिया
वि.
१. सुनौलो चरो। | २. देख्दा मात्र सुन्दर।
उत्तरभाद्रपद
ना.
[सं.]
सत्ताइस नक्षत्रमध्ये एक; छब्बिसौँ नक्षत्र।
थुर्‍याउनु
सक्रि.
[थुर्+याउ+नु]
मुखमा बेसरी पिट्नु; पिटेर घाइते तुल्याउनु।
सिङारे
वि.
सिँगारे।
प्रमोसन
ना.
[अङ्.]
भएका पद वा स्थानबाट माथिल्लो पद वा स्थानमा हुने बढुवा; पदोन्नति।
डबको
ना.
बैठक नहुने एक प्रकारको ठुलो कचौरा; बटुको।
बउड
ना.
बहर।
बुलेट
ना.
[अङ्.]
बन्दुकको गोली।